Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b14196-4fead.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
एक जना पनि विद्यार्थी नभएको विद्यालय, जहाँ शिक्षक घर बसेरै खान्छन् तलब भत्ता - Palika TV
Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b14196-4feb0.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349

Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b14196-4feb1.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
22.1 C
Kathmandu
Sunday, May 26, 2024
No menu items!
spot_img
No menu items!

एक जना पनि विद्यार्थी नभएको विद्यालय, जहाँ शिक्षक घर बसेरै खान्छन् तलब भत्ता

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

सिरहा । आधारभूत विद्यालय सिरहा नगरपालिका-९ रामनगर गुलरियाका शिक्षकले वषौंदेखि कामै नगरी तलव खाईरहेका छन् । एक जना विद्यार्थी समेत भर्ना नभएका यस विद्यालयका २ जना शिक्षकले नियमित तलव भत्ता खाँदै आएका छन् । जिल्ला सदरमुकाममै रहेपनि यस विद्यालयमा पछिल्लो तीन शैक्षिक सत्रदेखि एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् । विद्यालयका प्रधानाध्यापक श्यामकुमार यादवले अभिभावकहरुले नै विद्यार्थी नदिएपछि आफूहरु कामविहिन भएको भएको बताउनुहुन्छ ।

गाउँको बीचमा विद्यालय भएपनि कसैले विद्यार्थी पठाउँदैनन्, हामीले कसलाई पढाउने यो वर्ष पनि चुनावका कारण विद्यार्थी भर्ना भएन अबपनि चुनाव आउँदैछ विद्यार्थी कसरी भर्ना गर्ने ?’ आफूले विद्यालयमा विद्यार्थी भर्ना गर्न घरघरै गएर अनुरोध गर्दा पनि विद्यार्थी नदिएको प्रधानाध्यापक यादवको भनाइ छ ।

विद्यार्थी भर्ना नभएपनि शिक्षकको तलव, छात्रवृति रकम, पाठ्यपुस्तकको रकम भने नियमित गईरहेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७ मा शिक्षकको तलब भत्ताबाहेक छात्रा छात्रवृति बापत १८ हजार चार सय, दलित छात्रवृति ४ हजार चार सय, पाठ्यपुस्तक बापत १२ हजार हजार ९८४ रुपैयाँ पठाएको छ । २०७६ मा छात्रा छात्रवृति बापत १३ हजार दुई सय, दलित छात्रवृति १२ हजार र पाठ्यपुस्तक बापत १२ हजार हजार ८४१ रुपैयाँ पठाएको छ । विद्यालयको नाममा रकम पठाएपनि तलव बाहेकका रकम भने खर्च नभएको शिक्षा शाखाले जनाएको छ ।

पाँच जना शिक्षक रहेको यस विद्यालयमा विद्यार्थी भर्ना हुन छाडेपछि तीन जनाको अन्यत्र सरुवा गरिएको नगर शिक्षा शाखा प्रमुख काशिन्द्र यादवले जानकारी दिनुभयो । अहिले पनि प्र।अ। श्यामकुमार र भुवनेश्वर यादवसहित २ जना शिक्षक बसेर तलव खाईरहेका छन् ।

अघिल्लो शिक्षा समितिले विद्यालय मर्ज गर्ने योजना बनाएपनि स्थानीयले नमानेपछि रोकिएको बताइएको छ । अहिले सबै शिक्षकहरुलाई अन्यत्र पठाएर नयाँ शिक्षकको टिम ल्याएर विद्यालय सञ्चालन गर्ने योजना बनाएको प्रअ यादवले बताउनुभयो । उहाँले शिक्षा समिति गठन नभईसकेकाले केही कामहरु गर्न समय लागेको जानकारी दिनुभयो ।

शिक्षकहरुले पढाउने भन्दा पनि राजनीतिकरण गरेर विद्यालयलाई लथालिङ्ग बनाएको स्थानीयको आरोप छ । विद्यालयमा नियमित शिक्षक नआउने र आएपनि गफ चुटेर बस्ने गरेकाले आफ्ना विद्यार्थी निजी विद्यालयमा पठाउने गरेको स्थानीयको भनाइ छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स