29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

सार्वजनिक जग्गा संरक्षण अभियानमा जुट्यो रामग्राम नगरपालिका

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका अतिक्रमित सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको छ । रामग्राम नगरपालिका नगर प्रमुख धनपत यादवले नगरभित्रका बेवारिशे तथा अतिक्रमित जग्गाहरुको खोजतलाश गरि संरक्षणका लागि सक्रियता देखाएका छन् ।

शुक्रबार मेयर यादवले, पालिकाको अमिन र प्राविधिक टोलीसहित रामग्राम वडा १ स्थित सिद्धार्थ टोलमा पुगेर त्यहाँ रहेको सार्वजनिक जग्गामा होर्डिङ्ग बोर्ड राखेका छन् । उक्त बोर्डमा सार्वजनिक जग्गाको संरक्षण गर्न आग्रह गरिएको छ । यो अभियानलाई आगामी दिनमा निरन्तरता पाउने नगरपालिकाको योजना छ ।

विगत लामो समयदेखि अव्यस्थित तथा केहि व्यक्तिहरुकोे अतिक्रमणमा रहेको सार्वजनिक जग्गा संरक्षणका लागि मेयर यदवले चालेको अभियानमा साथ दिनुपर्ने स्थानीय बताउँछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स