27.1 C
Kathmandu
Friday, September 22, 2023

बागमती प्रदेशमा कोरोना निको हुने दर ८६ प्रतिशत

काठमाडौं । बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकामध्ये करिव ८६ प्रतिशत निको भएका छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये करिव ८६ प्रतिशत अर्थात २ लाख ५७ हजार ९ सय ३२ जना निको भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

प्रदेशभर हालसम्ममा कुल १८ लाख २९ हजार ७ सय ५२ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ३ लाख २ सय ९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण निको भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका प्रवक्ता डा. पुरुषोतम सेढाईले बताए । उनका अनुसार, सोही अवधिमा प्रदेशभर ७ हजार ९ सय ६४ जनाको कोरोना परिक्षण गर्दा २ हजार ८ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो ।

बागमती प्रदेशका १३ जिल्लामा कुल संक्रमितको १३.२९ प्रतिशत अर्थात् ३९ हजार ८ सय ९७ जना संक्रमित सक्रिय रहेका उनले बताए ।
सक्रिय संक्रमित मध्ये ३६ हजार ६ सय ७४ जना होम आइसोलेशनमा बस्दै आएका छन् ।

अन्य संक्रमितहरु प्रदेशका विभिन्न अस्पतालहरुले संचालन गरेको भेन्टिलेटरमा २ सय ५९ जना, आईसीयूमा ६ सय ४२ जना, एचडीयूमा १ हजार ४ सय १७ जना, अस्पतालको बेडमा ७ सय ९८ जना र ७१ जना संस्थागत आइसोलेशनमा उपचाररत रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स