24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

अनुदानको बिउ गोदाममै कुहिँदा कृषकले पाएनन् आलुको बिउ

कैलाली । देशमा सरकारी अनुदानको व्यापक दुरुपयोग हुने कुरा नौलो होइन । हरेक अनुदानहरु वास्तविक वर्ग र समुदायमा नपुगी हराउने गरेका छन् । यस्तै भएको छ कैलालीमा पनि । आलु लगाउने समयमा किसानहरुले पर्याप्त बिउ पाएनन् तर ठुलो मात्रामा सरकारी अनुदानमा आएको आलुको बिउ भने कुहिएको अवस्थामा फेला परेको छ ।

कैलालीमा मुख्यमन्त्री आलु नमुना गाउँ कार्यक्रम अन्तर्गतको ठुलो मात्रामा आलुको बिउ कुहिएको अवस्थामा फेला परेको छ । सो कार्यक्रमका लागी कृषि ज्ञान केन्द्र कैलाली मार्फत साजीपा र इन्नोभेटर जातको एक सय मेट्रिक टन आलु घोडाघोडी क्षेत्रमा आएको थियो । ति मध्ये घोडाघोडी नगरपालिका वडा नम्बर २ मा करिब ३० बोरा आलुको बिउ गोदाममै सडेको अवस्थामा फेला परेको हो ।

सरकारको कृषि अनुदान लिदा सामान्यतः कृषि फर्म, समुह वा सहकारी आवश्यक हुन्छ । उनीहरुको वर्तमान अवस्थाको समेत अनुगमन हुन्छ । तर यसबारे हाल सम्म नत अनुगमन भएको छ नत कसैको चासो नै छ । सरकारी अनुदान ठुला व्यापारीहरुको कन्जामा हुँदा वास्तविक किसानहरु सधै मारमा पर्ने गरेका छन् । यता आलु लगाउँ बिउ नपाएका किसानहरुलाई यसरी सरकारी अनुदानको आलुको बिउ सडेको दृश्यले गिजाइरहन्छ ।

कृषकहरुलाई व्यवसायीक बनाउन तथा उनीहरुको अवस्था सुधार गर्न मुख्यमन्त्री आलु नमुना गाउँ कार्यक्रम संचालन गरिएको हो । कार्यक्रमले साना कृषकहरुलाई थप प्रोत्सहान गर्नु पर्ने हो । तर त्यसो नभई ठुला व्यापारीहरुलाई केन्द्रमा राखेर कार्यक्रम अघि बढेको देखिन्छ । उनीहरुको लापरवाहीले अनुदान समेत प्रभावकारी हुदैँन तर प्राविधिक ज्ञान तथा आधुनिक कृषी औजारहरुको अपर्याप्तताले समस्या भएको रेडिमेट जवाफ भने सधै हुन्छ ।

अनुदानका आलुको बिउ यसरी खेर जादा नियमनकारी निकाय भने बेखवर छ । उसले नत कहिल्यै अनुगमन गर्छ नत प्रभावकारिता नै मापन गर्छ । यस तर्फ चासो दिई सरकारी अनुदान वितरण र प्रभावकारीतामा जोड दिन आवश्यक छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स