24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि प्रदेशसभा स्थगित

धनगढि । सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक अन्तिम समयमा आएर स्थगित भएको हो।

प्रदेशसभा सचिव देवबहादुर बोगटीले बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रदेशसभाको प्रथम अभिवेशनको सातौं बैठक विशेष कारणवश स्थगित गरिएको जानकारी दिए। उनले सभामुखको आदेशानुसार बिहीबार १ बजे प्रदेशसभा बैठक बस्ने पनि बताए। मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने अवस्था देखिएपछि प्रदेशसभा बैठक स्थगित गरिएको हो।

संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबारसम्म विश्वासको मत नलिए स्वतः सरकार ढल्ने छ। रावल पुस २७ मा नेकपा माओवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ (२) बमोजिम अन्य ३ दलहरूको समर्थनमा रावललाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स