24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु

दाङ । लुम्बिनी प्रदेशको अन्य समूहअन्तर्गत राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा मतदान सुरु भएको छ । बुधबार बिहान १० बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो ।

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । सत्ता गठबन्धनका तर्फबाट एमालेका कुमार दशौंदी, कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्तिका राजेन्द्रवीर रायको उम्मेदवारी दर्ता भएको छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेको छ । प्रदेशसभा सदस्यको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २ सय १८ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स