30.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

काठमाडौंका १३ सरकारी अस्पतालमा कोभिड ओपिडी

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं /सरकारले कोरोना संक्रमित विरामिका लागि कोभिड ओपिडी सेवा सञ्चालनमा ल्याएको छ । कोराना संक्रमित बिरामीलाई बेड अभाव भएपछि स्वास्थ्य मन्त्रालयले काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सञ्चालनमा ल्याएको हो ।

त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, नोबेल अस्पताल तथा किष्ट अस्पताल ग्वार्को, आर्मी अस्पताल र धुलिखेल अस्पताल काभ्रेमा कोभिड ओपिडीको व्यवस्थापन गरिएको हो ।

अस्पतालले कोभिडका बिरामी जाँचेर सामान्य भएमा होम आइसोलेशनमा पठाउने गर्छ । यदि संक्रमितलाई अक्सिजन आवश्यकता परेमा ओपिडीमै हेर्ने गरिन्छ । संक्रमित गम्भिर भएमा भर्ना वा व्यवस्थापन अस्पतालले गर्नेछ ।

स्वास्थ्यमा समस्या भएर अस्पताल पुगेका संक्रमितलाई प्रत्यक्षरूपमा स्वास्थ्यकर्मीको निगरानीमा स्वास्थ्य उपचार गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स