24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मेयरलाई कार्यकक्षमै मसाज : तस्विर बन्यो भाइरल

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाका मेयरले कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ । मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो ।

तस्वीरमा बेचन कार्यालयको सोफामा आराम गरिरहनुभएको छ भने कार्यालय सहयोगी करण दासले खुट्टामा मसाज गरिरहेको देखिन्छ । कोठाभित्र मसाज गराएको तस्वीर झ्यालबाट एक जना स्थानीय व्यक्तिले कैद गरेर सामाजिक संजालमा राखिदिएका थिए । उक्त तस्वीर भाइरल भएपछि मेयर बेचनको आलोचना भएको छ ।

मेयर बेचनले भने आफू बिरामी भएपछि कार्यकक्षमै मसाज गराएको बताउनुभएको छ । यद्यपि यी तस्वीरहरु हालको नभई जेठ महीनाकै भएको उहाँको भनाइ छ । उहाँका अनुसार जेठ महीनामा दोस्रो खोप लिंदा कार्यालयमै बेहोस जस्तो भएको र सम्बन्धले भाइ पर्ने करणलाई मसाज गरिदिन आग्रह गरेको हो ।

एक्कासी बेहोस जस्तै भएको र शरीर पनि काप्न थालेको अवस्थामा मसाज गर्न लगाएको बताउँदै उहाँले यसलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो । सामान्य कुरालाई अतिरञ्जित गरिएको उहाँको गुनासो छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स