29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कक्षा १२ को परीक्षा स्थगित, परीक्षा हुने १५ दिन अगाडि जानकारी दिने निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।  शनिबार बसेको बोर्डको बैठकले यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या बढ्दै गएपछि परीक्षा सञ्चालनका लागि विभिन्न कठिनाइ उत्पन्न भएको कारण स्थगित गरिएको हो । परीक्षा अहिलेलाई स्थगित गरिएको र परीक्षा हुन १५ दिन अगाडि सूचना जारी गरेर जानकारी दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसोत, यस अगावै सीसीएमसीले कोरोना संक्रमण तीब्र रुपमा बढ्दै गएकोले तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो । साथै, विभिन्न विद्यार्थी संगठन तथा अभिभावकहरुले पनि सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्न र व्यवस्थापन गर्न नसक्ने भए स्थगित गर्न माग गर्दै आएका थिए ।

त्यस्तै, शुक्रबार हिजो मात्रै पनि स्वास्थ्य तथा जनसंखया मन्त्रालयले पनि कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको भन्दै कक्षा १२ का सहित सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स