26.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

जापान सरकारले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो ।

कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

सोही योजनाअनुसार शनिबार र आइतबार ८ लाख डोज खोप नेपाल भित्रिने बताइएको छ । बाँकी ८ लाख डोज कहिले आउने भन्ने विषय भने टुंगो लागिसकेको छैन । सरकारले आगामी असोज महिनाभित्र १ करोड बढी खोप ल्याउने तयारी गरेको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स