29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

घ्याम्पेडाँडामा घ्याम्पो निर्माण थालियो

भक्तपुर । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका गुण्डुको घ्याम्पेडाँडा रानीकोट क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । केही वर्ष अगाडिसम्म ओझेलमा परेको रानीकोट क्षेत्रमा पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको चाँप बढ्न थालेको हो ।

ऐतिहासिक एवं पुरातात्विक सम्पदाको उत्खनन्, संरक्षण, पुननिर्माणमा स्थानीय, प्रदेश र संघीय सरकार जुटेको छ । सूर्यविनायक नगरपालिका–७ घ्याँम्पेडाँडामा ऐतिहासिक एवं परम्परागत सम्पदा संरक्षणको क्रममा घ्याँम्पो निर्माण गरिने तयारी थालिएको छ । नगरपालिकाका प्रमुख वासुदेव थापाले घ्याँम्पो निर्माणको शिलान्यास गर्नुभएको छ ।

उहाँले घ्याम्पेडाँडामा घ्याँम्पो लोप भइसकेको अबस्थामा परम्परागत रुपमा नगरपालिकाले घ्याँम्पो स्थापना गर्न लागेको बताउनुभयो । वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले पाँचतले मन्दिरको शैलीमा पाँच वटा ठूला खुट्किला राख्दै माथि चोकमा ठूलो घ्याँम्पो निर्माण गर्न उपभोक्ता समिति गठन गरेको बताउनुभयो ।

शिलन्यास कार्यक्रमका स्थानीय ज्येष्ठ नागरिक कमदबहादुर तामाङ्गले घ्याम्पेडाँडाको पहिचान बल्ल खुल्न लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । स्थानियहरुले यस क्षेत्रको पर्यटकिय विकासका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स