29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बागमती प्रदेश सरकारको दुग्ध पाउडर प्लान्ट अलपत्र

मकवानपुर । बागमती प्रदेश सरकारको गौरवको योजनामा रहेको ‘प्रदेश दुग्ध पाउडर प्लान्ट’ शिलन्यास भएको दुई वर्षसम्म बन्न सकेको छैन । एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने भन्दै ०७७ साल पुस १६ गते बागमती प्रदेशको पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले शिलन्यास गरेको प्रदेश दुग्ध पाउडर प्लान्ट दुई वर्षमा पनि बन्न नसकेको हो ।

बागमतीसहित चारवटा प्रदेशका किसानलाई लक्षित गर्दै हेटौंडामा दूध पाउडर प्लान्ट निर्माण थालिएको थियो । बागमती प्रदेश दुग्ध विकास बोर्डले नियमित रुपमा किसानहरुले व्यहोर्दै आएको मिल्क होलिडे सहित दूध बिक्रीमा भोग्दै आएको समस्यालाई समाधान गर्न हेटौंडामा पाउडर प्लान्ट निर्माणको तयारी थालेको थियो ।

आर्थिक वर्ष २०७७/०७८ को पुष १ गतेदेखि निर्माण सम्झौता गरेको काठमाण्डौं इजी इन्फा प्रालिले १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम थालेको थालेको पाउडर प्लान्टले हालसम्म पुर्णता पाउन सकेको छैन । दुधको उचित मुल्य नपाएर किसानहरु हैरान भैरहदाँ वैकल्पिक उपाय बन्न सक्ने दुग्ध पाउडर प्लान्ट निर्माण कार्यलाई तिव्रता दिन सरकारले पनि चासो देखाएको छैन ।

दैनिक ६० हजार लिटर दूधबाट ५ मेट्रिक टन उत्पादन पाउडर उत्पादन गर्ने लक्ष्य सहित सरकारले निर्माण सुरु गरेको पाउडर प्लान्ट काठमाण्डौं इजी इन्फा प्रालिले १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी ४१ करोड २२ लाख ७१ हजारमा सम्झौता गरेको थियो । दुई पटकसम्म म्याद थपिएको उक्त दुग्ध पाउडर प्लान्ट निर्माण सम्पन्न गर्न प्रदेश दुग्ध विकास बोर्डले वैशाखसम्मको समय दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स