24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

आज शेर्पा समुदायले ग्याल्पो ल्होछार धुमधामसँग मनाउँदै

काठमाडौं । शेर्पा समुदायले १५ दिनसम्म मनाउने ग्याल्पो ल्होसार आजबाट सुरु भएको छ । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले यस दिनलाइ ९नयाँ वर्ष० को सुरुवातको रुपमा लिने गर्दछ । आज उक्त समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी ल्होसार मनाउँदै छन् ।

ग्याल्पो ल्होसारको ३ दिन भने विशेष दिनको रुपमा मानाइने गरिन्छ । पहिलो दिन गुरुको हातबाट आशिष लिने गरीन्छ भने दोस्रो दिन अग्रजको हातबाट आशिष लिने प्रचलन रहेको छ र तेस्रो दिन प्रकृति पुजा गरेर यो पर्व मनाइने गरीन्छ ।

पछिल्लो समय शेर्पा समुदायका साथै तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे अनि मनाङै लगायत अन्य धेरै समुदायले पनि यो ल्होसार मनाउने गर्दछन । शेर्पा संस्कृति अनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ, त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ ।

मैदाको पिठोबाट बनेको खाप्से लोपूल जस्ता परिकार खाने गरीन्छ । यसैगरी घरको छत, आगन, गुम्बा अनि चैत्यहरु पुराना ध्वजाहरु फेरिने गरीन्छ भने पारिवारीक भेटघाटको रुपमा पनि लिने गरिन्छ । ग्याल्पो ल्होछारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स