24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कांग्रेसका बाँकी सबै जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय, अर्को मिति तोकिने

काठमाडौँ । नेपाली कांग्रेसले बिहीवारसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बिहीवार बसेको बैठकले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन १४औं महाधिवेशनपश्चात् समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार गर्ने निर्णय गरेको हो ।

कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत हालसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको भने १६ जिल्लाको अधिवेशन हुन बाँकी छ । पार्टीको क्रियाशील सदस्यतालगायतको विवादका कारण सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपुर (बर्दघाट सुस्तापूर्व), बाँके, अछाम, कैलाली, तथा २ नम्बर प्रदेशका ८ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ ।

यसबाहेक कांग्रेसले महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनबाहेक सबै जिल्लाका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ । देशभरका सबै वडा र पालिकामा पार्टीको अधिवेशन सम्पन्न भइसकेको छ । कांग्रेसले बिहीवारदेखि सातै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन प्रारम्भ गर्दैछ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ । १ नम्बर प्रदेशको अधिवेशन विराटनगरमा, २ नम्बर प्रदेशको अधिवेशन जनकपुरमा, बागमती प्रदेशको अधिवेशन हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको अधिवेशन भैरहवामा, कर्णाली प्रदेशको अधिवेशन सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो । प्रदेश अधिवेशनले ७ वटै प्रदेशमा प्रदेश समिति चयन गर्नेछ । समितिले प्रकाशन गरेको प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका मंसिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मंसिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र मंसिर १७ गते २ बजे सो उपर निर्णय गर्ने प्रदेश निर्वाचन कार्यतालिका रहेको छ ।

मंसिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम ९देवनागरी लिपी० पहिलो नाम प्रकाशित गर्ने, सोही दिन साँझ ६ः३० मनोनयन फिर्ता लिने, साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मंसिर १८ गते बिहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान शुरू हुने समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

१४औं महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स