24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मुलुकभर थप ३१५ जनामा कोरोना पुष्टि, ६ को मृत्यु, २ सय १ जना निको भएर घर फर्किए

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४०३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ५११ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ९८ जना र १ हजार ८९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १७ हजार ४९५ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय १ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०३ हजार ३६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ४०३ जनाको परीक्षण हुँदा हालसम्म कुल ५३ लाख ७९ हजार ५०४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स