24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

“नेपाल भेरियन्ट” भेटिएको छैनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा कोरोना भाइरसको कुनै नयाँ स्वरुप पुष्टि नभएको बताएको छ । बेलायतबाट प्रकाशित हुने पत्रिका डेली मेलले आफ्नो बुधबारको अङ्कमा कोरोना भाइरसको ‘नेपाल स्वरुप’ भनेर समाचार प्रकाशन गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस (सार्स–कोभ–२) को नयाँ स्वरुप फेला परेको सम्बन्धमा कुनै जानकारी नभएको बताएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको नेपाल च्याप्टरले नेपालमा कोरोनाका कुनै नयाँ स्वरुप पुष्टि नभएको प्रष्ट्याएको हो । उक्त समाचार प्रकाशन भएपछि नेपालमा कोरोनाभाइरसको नयाँ स्वरुप साँच्चिकै पुष्टि भएको हो की सबाल उठेको थियो । तर नेपालस्थित विश्व स्वास्थ्य सङ्गठनको कार्यालयले नयाँ स्वरुपबारेको भ्रमलाई चिरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनले सामाजिक सञ्जाल फेसबुकको आफ्नो पेजमा नेपालमा हालसम्म कोरोनाको तीन स्वरुप मात्रै पुष्टि भएको उल्लेख गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले आफ्नो उक्त सन्देशलाई ‘महत्वपूर्ण’ लेखेर साझा गरेको हो ।
डेली मेलले आफ्नो जुन २ को अङ्कमा ‘नेपाल भेरिएन्ट थ्रेट टु आवर होलीडे’ शीर्षक राखेर आवरण समाचार प्रकाशन गरेको थियो । बीबीसीले भने उक्त समाचारलाई ट्वीट गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स