26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

अशोक लेलैण्डको ९ थान बारुणयन्त्र प्रदेश २ लाई हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालीद्धारा प्रवद्र्धित अशोक लेलैण्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई नौ थान दमकल हस्तान्तरण गरेको छ । प्रदेश नं.२ को मागअनुसार नेशनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त कार्यमा हस्तान्तरण गरिएको हो । आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राना थापा, नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले दमकल हस्तान्तरण गरेका हुन् ।


आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने वताउनुभयो । कुसवाहाले चालू आ.ब.को बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताउनुभयो । अशोक लेलैण्डको १६१६ आई एल मोडलको च्यासिसमा बनाईएको दमकलमा जापानिज ‘शीबौरा कम्पनीको’ पम्प प्रयोग गरिएको छ । सो दमकलमा ५५०० लिटर पानी अट्ने क्षमता रहेको छ । यस्तै, दमकलमा ५०० लिटर फोम भर्न सकिने बताइएको छ । कम्पनीका अनुसार अत्याधुनिक दमकल अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलीक वातावरण मैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको जानकारी दिएको छ ।

केही महिना अगाडि अशोक लेलैण्डको दमकल नेपालका बिभिन्न नगरपालिका जस्तै पुर्वको उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिकाहरु, इटहरी उपमहानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौं को चन्द्रागिरी नगरपालिका साथै नेपाल आयल निगम लिमिटेड लाई हस्तान्तरण गरिएको थापाले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स