27.1 C
Kathmandu
Friday, September 22, 2023

संस्कृति विगार्ने तीज गीत सार्वजनिक नगर्न दोहोरी गीत प्रतिष्ठानको आग्रह (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले तीजका लागि लक्षित गरेर ल्याइने तीज गीतमा मौलिकता समेट्न आग्रह गरेको छ । पछिल्लो समय तीज गीतका नाममा जथाभावी शब्द प्रयोग गरेर अपाच्य खालका गीत बजारमा ल्याउनाले विकृति, विसङ्गति बढेको भन्दै प्रतिष्ठानले यस्तो आग्रह गरेको हो ।

प्रतिष्ठानले अध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी र विकृति, विसङ्गति न्यूनीकरण कार्यदलका संयोजक शिव हमाल सहितले संयुक्त रुपमा एक बिज्ञप्ति जारि गर्दै
तीज गीतको नाममा विकृति बिसङ्गति भित्रिएको भनेर बर्षेनी धेरै गुनासो आउने गरेकोले प्रतिष्ठानले यस्ता गीतमा यो वर्ष विषेश ध्यान दिएको जानकारि दिएका छन । साथै प्रतिष्ठानले श्रष्ठा, सर्जक, गायक, गायिका लगायत सबैलाई सामाजिक मर्यादामा खलल पुर्याउने, अपाच्य शब्द, सामाग्री प्रयोग गरेर संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न समेत अनुरोध अपीलमा गरेको छ ।

विज्ञप्तिमा भनिएको छ: ‘कतिपय तीज गीतको नाममा देखिएका विकृति, विसङ्गति, अभद्र श्रव्यदृश्यहरुप्रति समस्त दर्शक स्रोताहरुको गुनासो वर्षेनी आईरहने हुँदा यसवर्ष पनि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ध्यानाकर्षण भएको छ’ सार्वजनिक अपिलमा भनिएको छ –‘तसर्थ सम्पूर्ण स्रष्टा, सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रृव्यदृश्य निर्माणकर्ता एवं वितरकहरुमा सामाजिक सद्भावमा खलल पुर्याउने एवं अभद्र र नियतवश द्धिअर्थी अपाच्य शब्द सामाग्री प्रयोग गरि संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगरिदिनुहुन विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछौं ।’

नेपाली मौलिक लोकगीत संगीत अन्तर्गत पर्व गीत विशेष तीज गीतलाई हाम्रो संस्कृतिको अर्को महत्वपूर्ण गीतको रुपमा लिइन्छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स