19.1 C
Kathmandu
Saturday, April 13, 2024
spot_img

‘हल्का रमाईलो’ र ‘जुठे’ टीमद्धारा गोरखाका ६६ परिवारलाई राहत बितरण

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

गोरखा । टेलिसिरियल ‘हल्का रमाईलो’ र ‘जुठे’ टीमले गोरखा जिल्लामा ६६ घरपरिवारलाई राहत वितरण गरेको छ । यो टीमले गोरखा गण्डकी गाउँपालिका –१ बुटारका परियार र सुनार ५० घरपरिवार तथा चेपाङ, नेवार र गुरुङ १६ घरपरिवारलाई राहत वितरण गरेको हो । टेलिसिरियलका लेखक÷निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ, राजु पौडल लगायत अन्य कलाकारहरु त्यहाँ पुगी राहत वितरण गरेका हुन् ।

दैनिक ज्यालामजदुरी गरी बिहान–बेलुकाको छाक टार्दै आएका परिवार निषेधाज्ञाका कारण समस्यामा परेको हुनाले उनीहरुलाई राहत वितरण गरिएको मरिचमान श्रेष्ठले जानकारी दिए । उनले गाउँपालिका अध्यक्ष होमबहादुर रानासँग समन्वय गरेर वडामा राहत वितरण गरिएको जानकारी दिए । यो टीमले झण्डै डेढ लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेको हो । उनीहरुलाई दैनिक उपभोग्य सामाग्री चामल, नुन, तेल, दाल वितरण गरिएको थियो ।

आफूहरुले अन्य व्यक्ति वा संस्थाबाट उठाएको रकमबाट सहयोग नगरेको समेत मरिचमानले बताए । मरिचमान अन्य समयमा पनि सामाजिक काममा सक्रिय रहँदै आएका छन् । ‘जुठे’ हिमालय टेलिभिजनमा हरेक बुधबार साँझ ८ बजे प्रशारण हुँदै आएको छ भने ‘हल्का रमाईलो’ नेपाल टेलिभिजनमा हरेक आईतबार प्रशारण हुँदै आएको छ । निषेधाज्ञामा पनि यी टेलिसिरियल नियमित प्रशारणमा छन् ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स