26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

वीरगञ्ज भन्सारमा दुई महिनामा आठ अर्ब राजस्व संकलन

वीरगन्ज । सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जले चालू आर्थिक वर्ष २०७८-०७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

पर्साको सिरिसियामा रहेको यहाँ विभिन्न मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट कन्टेनरमार्फत नेपालमा सामग्री भित्रिन्छ । यहाँ एकपटकमा ९० वटासम्म कन्टेनरमार्फत विविध सामग्री नेपालमा आउने गर्दछ ।

गत साउन र भदौमा कूल रु सात अर्ब सात करोड ५३ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । त्यसमा लक्ष्यभन्दा २० दशमलव ९६ प्रतिशतले वृद्धि भई कूल रु आठ अर्ब ५५ करोड ८१ लाख राजस्व सङ्कलन भएको छ ।

लामो समयको कोभिड–१९ को असहज अवस्था बिस्तारै सुधार हुँदै जाँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा पछिल्लो समय सामग्रीको आयात बढेकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख डा।लालबहादुर खत्रीले जानकारी दिए ।

बढी राजस्व सङ्कलन हुनेमा भन्सार महसुल पैठारीतर्फ रु कूल तीन अर्ब ९० करोड ८२ लाख ९६ हजार र मूल्य अभिवृद्धि करतर्फ कूल रु तीन अर्ब ९८ करोड ७६ लाख ८५ हजार ६७१ रुपैयाँ सङ्कलन भएको छ ।

यस नाकामा विशेष गरी भारतसहित जापान, अमेरिका, बेलायत, इजरायल, दक्षिण कोरिया, खाडी क्षेत्रका विभिन्न देशबाट सामग्री आयात हुन्छ । ठूला उद्योग कलकारखानाका लागि आवश्यक कच्चा पदार्थ, सवारी साधन, उपकरण तथा सामग्री, मदिराजन्य पदार्थ, तयारी पोसाकलगायत सामग्री तेस्रो मुलुकबाट भित्रिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स