26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बाख्रा फर्ममा बाघ पस्दा ७ खसीसहित २१ वटा बाख्रा मरे

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मारेको छ ।

व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेको बीचमा खोरमा पसेर बाघले ७ खसी, ७ वटा माउ बाख्रा र ६ वटा साना पाठापाठी मारेको हो । २१ मध्ये ७ वटा खसी दशैंमा बेच्न ठिक्क पारिएको पौडेलको भनाइ छ ।

वस्ती भन्दा थोरै पर रहेको यो खोरमा भएको घटनामा एउटा सानो पाठो जीवित भेटिएको छ भने एउटा बाख्रा हराइरहेको फर्म सञ्चालक पौडेलले बताउनुभयो । उहाँका अनुसार बेलुका खोरमा थुनेर गएका २३ मध्ये २१ वटा बाख्रा मृत फेला परेको छ, एउटा बाघले लगेको पाइएको छ । एउटा सानो बच्चो भने खोरबाट तल खसेका कारण जीवितै फेला परेको उहाँले बताउनुभयो।

खोरमा भएकामध्ये एउटा बाख्राको पछाडि भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुसेको पाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स