24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पाँच महानगरद्धारा बजेट सार्वजनिक, ललितपुरमा विवाद

काठमाडौं / नेपालका ६ महानगरपालिकामध्ये ५ वटा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/ ७९ का लागि बजेट सार्वजनिक गरेका छन् । १० असारभित्र बजेट ल्याउनुपर्ने कानूनी प्रावधानलाई पछ्याउँदै ५ वटा नगरपालिकाकाले बिहीबार बजेट सार्वजनिक गरे । ललितपुर महानगरपालिकाले भने नेकपा एमाले र माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले नगरसभामा बहिष्कार गरेपछि बजेट ल्याउन सकेन ।

५ वटा महानगरपालिकाले सार्वजनिक गरेको बजेटको कुल अंक ३७ अर्ब ६८ करोड रुपैयाँको छ । यसमध्ये सबैभन्दा ठूलो बजेट काठमाडौं महानगरपालिकाको छ । काठमाडौं महानगरले चालु आर्थिक वर्ष २०७७र७८ को भन्दा साढे २ अर्ब रुपैयाँ बढी आकारको अर्थात् १८ अर्ब ९५ करोड रुपैयाँको बजेट ल्याएको छ । महनगरपालिकामध्ये सबैभन्दा सानो आकारको बजेट वीरगञ्जको छ । वीगञ्जमा ३ अर्ब ५५ करोड रुपैयाँको बजेट आएको छ ।

काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८र७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी ९श्रेष्ठ० ले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षमा काठमाडौंले १६ अर्ब ४२ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार पोखरा उपमहानगरपालिकाको बजेट सार्वजनिक गरेकी हुन् ।

भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले महानगरको नवौं नगरसभामा आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।

विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिकाले आगामी वर्षको लागि ४ अर्ब १० करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख इन्दिरा कार्कीले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार विनियोजन भएको छ । पुँजीगत खर्चका लागि ३ अर्ब ५८ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ ।

वीरगञ्ज महानगरपालिका

वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरको ९ औं अधिवेशनले आर्थिक वर्ष २०७८र०७९ का लागि पेश भएको बजेटमा चालुतर्फ १ अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय, पुँजीगततर्फ १ अर्ब ६२ करोड ३३ लाख ३० हजार १ सय र वित्तीयतर्फ ६ करोड ७० लाख ६४ हजार विनियोजन गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स