29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

टोखा नगरपालिका ७ मा १८ बर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा (फोटो फिचर)

काठमाडौं । टोखा नगरपालिका वडा नं ७ मा १८ बर्ष भन्दा माथिका मानिसहरुले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन । खोप लागाउनेमा स्थानिय देखि बाहिरि वडा तथा नगरपालिकाका अशक्त, बिरामि, सुत्केरि लगायत १८ वर्ष पूरा भएका मानिसहरु रहेका छन ।

खोप लागाउनका लागि बिहान कुपन वितरण गरिएको थियो भने अनलाइन सिस्टममा इन्ट्री गरेर मात्रै खोप लगाइएको थियो । कोरोना खोप लागउने अभियानमा ३५ सय ब्यक्तिलाइ खोप लगाइसकिएको र आज मात्रै ६ सय ५० जनालाइ खोप लगाउन कुपन बाँडिएको वडा अध्यक्ष नरोत्तम राना मगरले जानकारि दिनुभयो ।

टोखा नगरपालिका वडा नं ७ का स्वास्थ्य प्रमुख राधा कृष्ण श्रेष्ठले वडा कार्यलयका कर्मचारि र जनप्रतिनिधि पनि आफुहरुसँगै खटिएको र आज खोप लगाइसकेकाले २१ दिनपछि अर्को मात्रा लगाउन सकिने बताउनुभयो ।

यसै वडाका स्वयमंसेविका उमा गुरुङले पनि लाइन लगाएर व्यबस्थित तरिकाले खोप बितरण गरिएको बताउनुभयो । यस्तै टोखा नगरपालिकामा खोप अभियास सुरु भएको दिनदेखि नै १७ जना भोलेन्टियरहरुले अहिले सम्म खोप कार्यक्रमलाइ व्यवस्थित बनाउन लागि परेको भोलेन्टियर शिव कुमार केसि

बताउनुभयो । टोखा नगरपालिकाकि कार्यपालिका सदस्य उर्मिला विश्वकर्माले पनि खोपको बारेमा सकरात्मक धारणा राख्नुभयो ।

साथै यहाँ खोप लागाउन आउनेहरुले पनि खोपप्रति सकरात्मक धारणा राखेका छन । टोखा नगरपालिकाले आफ्नो सम्पुर्ण वडाहरुमा खोप अभियान कार्यक्रम अगाडि बढाएर स्वास्थ्यको असहज परिस्थितिलाई सहज बनाउन पहल गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स