30.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

जनैपूर्णिमा र गाईजात्रा साङ्केतिक रूपमा मनाउन काठमाडौं प्रशासनको आग्रह

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनैपूर्णिमा, ऋषितर्पणी र गाईजात्रा पर्व साङ्केतिक रूपमा मनाउन आग्रह गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बिहीबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाको आदेश यथावत् रहेको र हाल कोभिड १९ को सङ्क्रमण तथा जोखिम दर उच्च रहेकोले जनैपूर्णिमा, ऋषितर्पणी र गाईजात्रा साङ्केतिक रूपमा मनाउन आम सर्वसाधारणमा आग्रह गरेका हुन् ।

सूचनामा त्यस्ता कार्यक्रमहरू सञ्चालन गर्दा वा सहभागी हुँदा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागत रूपमा साङ्केतिक तवरले मनाउन र भिडभाड नगर्न नगराउन भनिएको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स