24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

दैलेखमा कोटामा आएको चामल माटोमा गाडियो

दैलेख । कोरोना महामारीमा गरिब विपन्न परिवारलाई राहत दिन खरिद गरेको चामल जनतालाई नदिएरै सडाइएको पाइएको छ । दैलेखको नौमुले गाउँपालिकाले कोरोना महामारीबाट प्रभावित परिवारलाई वितरण गर्न भनेर आफैले खरिद गरेको चामल वितरण गर्न नपाउदै गोदाममै सडाइएको छ ।

एक सय ५५ वोरा चामल शनिबार मुचुल्का गरी गाडेपछि यसको खुलासा भएको हो । नौमुले गाउँपालिकाले होटल नमस्तेको पछाडिको हलमा चामल थुपारेर सडाइएको छ ।

पालिकामा २०७६ चैतमा खाद्य डिपो दैलेखबाट झण्डै १ हजार ५६० बोरा चामल खरिद गरिएको थियो । भारतबाट आएकाहरु, गाउँमा खाद्यान्न कम भएका र असिना पीडितलाई वितरण गर्ने भनेर खरिद गरिएको चामल गोदाममै थन्किएको थियो ।

गाउँपालिकाले आफुसँग भएको चामलबारे समेत अनविज्ञता देखाएको छ । यता गाउँपालिका अध्यक्ष भदे बुढामगरले भने चामल राख्ने गोदाम पनि ओसिलो भएको र असारको महिनामा ल्याउदा केही चामल भिजेकोले वितरण नगरेको दावी गर्नुभएको छ। खरिद गरिएको मध्ये अरु सबै वडा कार्यालय र क्वारेन्टाइनमा पठाइएको र सडेको चामल गोदाममै थन्किएको उहाँको भनाइ छ ।

करिब २७ लाखको कतिबोरा चामल वितरण गरियो र कति ल्याइएको थियो भन्ने विषयमा भने अध्यक्ष अनविज्ञ देखिनुभएको छ। पालिकाका स्थानीयले चामल खरिद प्रक्रियाभन्दा पनि वितरण प्रक्रियामा मिलेमतो रहेको हुनसक्ने बताएका छन । राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा पालिकाका अध्यक्ष तथा पदाधिकारीले उतिबेला चामल वितरण गरेको स्थानियको आरोप छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स