25.5 C
Kathmandu
Saturday, September 30, 2023

गुणस्तरीय शिक्षाका लागि विद्यालयलाई टेलिभिजन

तेह्रथुम । बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा तथा बालमैत्री शिक्षाका लागि विद्यालयलाई टेलिभिजन कार्यक्रम तेह्रथुमको छथर गाउँपालिकाले अघी सारेको छ । सरकारी बिद्यालयहरूमा शैक्षिक गुणस्तर घट्दै गएको चर्चा भइरहेको बेला यो गाउँपालिकाले पृथक कार्यक्रम अघि सारेको हो ।

गाउँपालिकाले एक बिद्यालय एक टेलिभिजन कार्यक्रम सञ्चालन गरी बिद्यालयहरू टेलिभिजन दिने कार्यक्रम सुरु गरेको जनाएको छ । गाउँपालिकामा रहेको ३३ आधाभुत बिद्यालय मध्ये पहिलो चरणमा विद्यार्थी संख्या र बिद्युत जडान भएका १४ वटा विद्यालयहरूलाई टेलिभिजन प्रदान गरिएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारि दिनुभयो ।

यो कार्यक्रमले बिद्यालयमा रहेका बालकक्षामा अध्यायनरत बिद्यार्थीहरू थप आकषर्ण हुने भएको छ । सेतोपाटीमा साइनपेनले लेख्दै र सिकाउँदै आएपनी टेलिभिजन पाएपछि पठनपाठनमा सहज हुने भएको शिक्षक सम्सेर अधिकारीको भनाई छ । बालविकास केन्द्रहरूमा बालबालिकाहरूलाई भित्तामा टाँगिएका तस्विर तथा बिभिन्न खेल सामाग्रीहरूबाट मनोरञ्जन दिइँदै आइएको छ ।

स्थानीय सरकारले बाल मष्तिस्कसँगै प्रविधिको उपयोग गरी शिक्षण सिकाइ गर्न सके बालबालिकाहरूको आकर्षण हुने भएकाले पनी स्मार्ट टेलिभिजन विद्यालयहरूलाई प्रदान गर्ने कार्यक्रम ल्याएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए छ । गाउँपालिकामा रहेको ४२ बिद्यालय मध्ये ९ वटा माध्यमिक विद्यालयहरू आईसिटी कार्यक्रमअन्तर्गत व्यवस्थापन भइसकेको र बाँकी रहेका १९ वटा आधारभूत विद्यालयहरूमा विद्युत् जडान गरी आव २०७८÷७९ मा प्रदान गरिने भएको छ ।

यो कार्यक्रमले बालबालिकाहरूलाई शिक्षण सिकाइमा समेत राहत मिल्ने भएको छ । गाउँपालिकाले आव २०७७÷७८ मा नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयनमा ल्याएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स