30.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

साउन २५ बाट ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा लगाइने

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतले भुटान र जापानबाट ल्याइएको खोप कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई दिइने बताउनुभयो ।

भूटानले दिएको तीन लाख डोज खोप शुक्रबार बिहान काठमाडौं आइसकेको छ भने जापानले दिने १६ लाख डोज खोप शनिबार र आइतबार दुई लट गरेर ल्याइने उहाँले बताउनुभयो । जापानबाट आउने १६ लाख डोज खोप सुनिश्चित भएकाले यही साउन २५ गतेदेखि दोस्रो डोज अष्ट्रेजेनेकाको खोप अभियान शुरु गर्न लागेको डा. गौतम को भनाइ छ ।

डा. गौतमका अनुसार साउन २५ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई लगाइनेछ । साथै प्रदेश १ र २ मा भने खोप अभियान केही ढिला शुरु हुने उहाँले बताउनुभयो ।

गत वर्षको फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजारभन्दा बढी ज्येष्ठ नागरिकले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका थिए । कोभिशिल्ड भारतको सेरम इन्स्टिच्यस्टले विकास गरेको खोप हो ।

कोभिशिल्डको पहिलो मात्रा लगाएको १२ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने बताइए पनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उहाँहरु दोस्रो डोज लगाउनबाट वञ्चित हुनुभएको थियो ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स