24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

भीड बढ्न थालेपछि मन्त्रालयद्धार देशभर १ हजार ४३३ खोप केन्द्र थप

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्रहरू थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताउनुभयो ।

उहाँका अनुसार देशभरि नै पहिलेको भन्दा १ हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले २ हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या ४ हजार ४२२ पुर्याइएको छ । यस्तै काठमाडौँ उपत्यकामा पनि ८३ खोप केन्द्र थप गरी १४९ पुर्याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।

सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो । हालसम्म नेपालमा कोरोना विरुद्ध ४४ लाख तीन हजार २१ जनाले पहिलो डोज र २२ लाख आठ हजार ५५ जनाले दुवै डोज खोप लगाइसकेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स