26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६७५ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९ हजार ४९३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ७७ हजार ५८९ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८८५ जना निको भएर घर फर्किएका छन । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ६७५ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४० लाख १५ हजार ३७८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप २५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स