24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि : २३ संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ६ सय २८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार २ सय २३ जना र एन्टिजेन विधिबाट ५ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १ हजार ६ सय ६७ जना संक्रमणमुक्त भएका छन । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन । नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।

देशभर २२ हजार ८ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६ सय ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन । ५ सय ६१ जना आईसीयूमा छन भने १ सय ६५ जना भेन्टिलेटरमा रहेका छन ।

त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५ सय ५० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स