24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

आजबाट एक डोज लगाए पुग्ने जोन्सन खोप दिन शुरु, प्रधानमन्त्री देउवाद्वारा निरीक्षण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको स्थलगत निरीक्षण एवम अनुगमन गर्नुभएको छ । उहाँसँगै नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभाग हुनुभएको थियो ।

अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप सोमबार देशका विभिन्न स्थानहरूमा सञ्चालन भएको छ । त्यस क्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटीमा स्थलगत निरीक्षण एवम अनुगमन गर्नुभएको हो । उक्त क्रममा खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन दिनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रधानमन्त्री देउवाले अपाङ्ग अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र पाटन अस्पताललगायत खोप केन्द्रहरु निरीक्षण गर्नुभएको छ । आजदेखि जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समुहकालाई दिने कार्यक्रम छ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप एक जोड मात्रै लगाए पुग्छ ।

काठमाडौँका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप नेपालले प्राप्त गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्र्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत दिने तयारी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स