24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

जनकपुर जयनगर रेल्वे ट्रयाकको सफल परीक्षण

काठमाडौँ । लिक बनाएको दुई वर्षपछि जनकपुर जयनगर रेलवे खण्डको ट्रयाकको परीक्षण गरिएको छ । आइतबार भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रुटमा भारतीय रेल ल्याएर ट्रयाकको परीक्षण गरिएको हो ।

नेपालले गत वर्ष खरीद गरेर ल्याएको रेलले नै ट्रयाक परीक्षण गर्ने बताइएको थियो । तर पनि भारतीय रेल ल्याएर परीक्षण गरिएको छ । ट्रयाक परीक्षण गर्दा १२० किलोमिटर प्रति घण्टा दौडने भनिएपनि गति कमै देखिएको स्थानीयले बताएका छन । परीक्षणका लागि छुट्टै यान हुने भएकाले भारतीय रेल नै ल्याएर परीक्षण गरिएको रेल्बे साइट इन्जिनियर बिनोल ओझाले जानकारि दिनुभयो । भारतीय रेल ट्रयाकबाट गुड्दा पनि जनकपुरधाम रेल्वे स्टेशनसहित विभिन्न ठाउँमा हेर्ने स्थानीयको भीड लागेको थियो ।

नेपाल सरकारले गत बर्ष रु ८४ करोड ६५ लाखमा खरीद गरेको दुई वटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखिएको छ । रेल कहिले संचालनमा आउने भन्ने कुराको यकीन हुन सकेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स