24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

देउवासँग चिनियाँ राजदूतको भेट, थप १६ लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता

काठमाडौँ । उत्तरी छिमेकी चीनले थप १६ लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने भएको छ ।परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएकि चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएउनुभएको हो ।

उहाँले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी दिनुभएको हो । यसअघि चीलेन नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ । प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच आज भएको भेटमा नेपाल र चीन सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ । राजदूत यान्छीले कोरोनाविरूद्धको लडाइँमा नेपाललाई आफ्नो मुलुकको सहयोग जारी रहने बताउनुभएको छ । केही दिनअघि भएको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले आगामी दिनमा पनि नेपाललाई थप खोप सहयोग गर्ने बताउनुभएको थियो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स