24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

पोखरामा पनि रोकियो खोप अभियान

पोखरा । पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियान शनिबारबाट स्थगित भएको छ । ५५ वर्षका माथिका नागरिकका लागि ‘जनसन एन्ड जनसन’ को एक डोज मात्र लगाए पुग्ने कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको थियो । सोही अनुसार महानगरले पनि अभियान सुरु गरेको थियो ।

‘जनसन चलाउने भनेर हामीलाई मन्त्रालयबाट निर्देशन आयो । त्यही अनुसार हामीले खोप केन्द्र पनि तोक्यौं,’ महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हरिलाल आचार्य भन्छन्, ‘पछि जनसन नचलाउने भनेर जानकारी आएपछि भेरोसेल नै लगायौं ।’ भेरोसेल खोप सकिएपछि खोप अभियान रोकिएको छ
। पोखरा १८ देखि ३३ वडाबाहेक अन्य वडाका ५५ वर्ष माथिका उमेर समूहले जनसन खोप दिने तयारी छ ।

कतिवय वडामा ६२ देखि माथिका उमेर समूहका लागि आएको खोप समेत २०र२२ उमेर समूहले लगाएको सार्वजनिक नै भइसकेको छ । लक्षित वर्गलाई आएको खोप भनसुनका आधारमा अरुले लगाउँदा खोप अभाव हुन गएको महाशाखाको भनाइ छ । सरकारले ५५ वर्षमाथिका जेष्ठ नागरिकका साथै शिक्षकशिक्षिक, सार्वजनिक गाडीका चालक सहचालक, अत्यावश्यक सेवाका कर्मचारी लगायतलाई खोप दिने व्यवस्था मिलाएको थियो ।

योजना बमोजिम पोखरा महानगर स्वास्थ्य महाशाखाले विभिन्न केन्द्र तोकेर खोप लगाउने व्यवस्था मिलाएको थियो । तर, खोप केन्द्रको अवस्था भने अस्तव्यस्त बनेको थियो । लक्षित वर्ग नै लामो समय लाइन बसेर पनि खोप नपाउने स्थिति बनेको थियो । जनप्रतिनिधिका आफ्ना मान्छे ‘चिट’ बोकेर पहिल्यै खोप केन्द्र धाइरहेका थिए ।

अनावश्यक भिड र लक्षित वर्गभन्दा बाहिरका लागि खोप दिनुपर्ने बाध्यताले पनि चाँडै खोप सकिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख हरिलाल आचार्य बताउँछन् । उनले एक स्वास्थ्यकर्मीले दिनमा बढीमा १२५ जनालाईमात्रै खोप लगाउने नियम भएपनि ४र५ जनासम्म लगाउनु परेको सुनाए । हाम्रो काम खोपको स्वास्थ्कर्मी मिलाउने हो । भिड नियन्त्रण गर्ने र आएकासँग बाँझ्दै बस्ने कुरा भएन,’ आचार्यले भने, ‘प्रशासनलाई भिड नियन्त्रण गर्न जनशक्ति खटाइदिनु पर्‍यो भनेर पनि भन्यौं । सुनुवाइ भएन ।’ प्रशासनले आवश्यक जनशक्ति खटाउन अरुचि देखाएपछि सम्बन्धित वडाकै स्थानीयलाई खटाउनुपर्ने बाध्यता आएको र उनीहरुबाटै घुसपेठ सुरु भएको दाबी आचार्यको छ । उनले जिल्ला प्रशासनबाटै नियमन गर्न सकिएमात्रै खोप केन्द्रको भिड हट्ने र दुरुपयोग नहुने बताए ।

‘खोप लगाउन खटिएका स्वास्थ्यकर्मी एकैछिन फुर्सद पनि नपाउने स्थिति छ । त्यहाँ खटाएका जनशक्तिले आफ्ना मान्छे घुसाउने नै भए,’ आचार्यले भने, ‘कार्ड बनाएको मान्छेलाई स्वास्थ्यकर्मीले रोक्ने कुरा पनि भएन । हाम्रो बलबुँताले नभ्याउने स्थिति आइसकेको छ ।’ खोप केन्द्रमा आवश्यकताभन्दा बढी भिड र मनोमानी हुँदा पनि आफूहरु मुकदर्शक बन्नु परेको आचार्यले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स