काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार १ सय ८२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ७५ जना निको भएर घर फर्किएका छन । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख २८ हजार २ सय ४३ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ४३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ ।