29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा, असार ३१ गते हस्तान्तरण गरिने

हुम्ला । नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला खण्डको सडक असार ३१ गते हस्तान्तरण गर्ने भएको छ । सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक बिभाग अन्तरगतको हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्न लागेको हो ।

कर्णाली करिडोर सढक निर्माण कार्य दलका प्रमुख मिलन काकीका अनुसार असार ३१ गते सडक हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण कार्य रहेको छ । उहाँले सेनाको निर्माण कार्य जिम्मा रहेको काम पुरा भएपछि हस्तान्तरण गर्न लागिएको बताउनुभयो । सडक निर्माण भएपछि हाल सो खण्डमा यातायात सञ्चालन हुँदै आएका छन् । सेनाले सो खण्डको कालिकोटको खुलालु, बाजुराको लैफ हुँदै हुम्ला जिल्लाका सलीसल्लासम्मको १२२ दशमलव ७५ किलो मिटर सडकको निर्माण कार्य पुरा गरेको हो । निमार्ण भएको कुल सडक मध्य हुम्ला खण्डमा ३८ दशमलव चार किलोमिटर निर्माण भएको सडक पर्छ ।

हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले हुम्ला खण्डको सडक हस्तान्तरण कार्यक्रममा पैदल मार्गबाट सलीसल्ला जान लागेको बताउनुभयो । हस्तान्तरणपछि उक्त सडक आयोजनाको जिम्मामा आउनेछ । कोरोनाको कारण सडक हस्तान्तरण कार्यक्रम सेनाले केन्द्रीय स्तरको कार्यक्रम नराखेर जिल्लास्तरमा राखिएको जनाएको छ । यसका लागि सबै तयारी भई सकेको जनाईएको छ ।

खुलालु लैफु हुँदै सलीसल्ला खण्डको काम २०७० सालमा सेनाले काम सुरु गर्दै आएको थियो भने हुम्ला खण्डमा २०७३ सालमा निर्माण कार्य सुरु गरेको थियो । हाल हुम्ला खण्डमा पर्ने सडकमा बालुकुनासम्म यातायात सञ्चालन भएकोमा हस्तान्तरणपछि सलीसल्लासम्म हुनेछ । यसबाट जिल्लाका चार वटा गाउँपालिका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका राष्ट्रिय सडक सञ्जालसंग जोडिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स