24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

अमेरिकाबाट भोलि आइपुग्ने १५ लाख डोज खोप क-कसले पाउँछन ?

काठमाडौँ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत् दिने भनेको जोनसन एन्ड जोसनको १५ लाख डोज खोप सोमबार बिहान नेपाल आइपुग्दै छ।

एक डोज लगाए पुग्ने सो खोप झन्डै १५ लाख मानिसलाई पुग्ने छ। तर उक्त खोप क(कसलाई लगाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको छैन। सोको निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भनिए पनि खोप कसले पाउने भनेर अझै टुंगो भइनसकेको मन्त्रालयका सह(प्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए।

‘खोपका लागि धेरैको निवेदन आएको छ। तर पहिलो प्राथमिकताचाहिँ उमेर समूह नै छ। उमेर समूहअनुसार कम उमेरमा जान्छौं। ६० वर्ष कम उमेर समूहका मानिसहरू, विदेश जानुपर्ने व्यक्तिहरू छलफलको प्राथमिकतामा हुनुहुन्छ,’ अधिकारीले भने।

खोप सल्लाहकार समितिले समेत उमेर समूहलाई प्राथमिकतामा राखेर खोप दिन मन्त्रालयलाई सिफारिस गरेको छ। समितिका संयोजक डा। श्यामराज उप्रेतीले ५५ वर्ष माथिका उमेर समूहलाई प्राथमिकतामा राखेर खोप दिन सुझाएको जनाए। ‘हामीले उमेर समूहलाई प्राथमिकतामा राखेर खोप दिनुपर्छ भनेका छौं। मन्त्रालयबाट आज निर्णय हुन्छ भन्ने कुरा छ,’ उनले भने।

सह(प्रवक्ता अधिकारीले पनि सल्लाहकार समितिले दिएको सिफारिसकै आधारमा निर्णय हुने भए पनि अन्तिम निर्णय भइनसकेको जिकिर गरे। समितिले वैदेशिक रोजगारीमा जाने कामदारलाईसमेत खोपका लागि प्राथमिकतामा राख्न सुझाएको छ। ‘जुन देशमा कामदार जाँदा खोप अनिवार्य गरेको छ, त्यस्तो देशमा जाने कामदारलाई प्राथमिकतामा राख्नुपर्छ भनेका छौं,’ समितिका संयोजक उप्रेतीले भने।

यसअघि वैदेशिक रोजगारीमा जाने कामदारले खोप नलगाउँदा गन्तब्य मुलुक पुगेपछि क्वारेन्टिनलगायत अन्य कुरामा धेरै खर्च हुने गरेको गुनासो आएपछि व्यवसायीले कामदारका लागि खोप उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेको थियो।

अहिले नेपालको प्रमुख गन्तब्य रहेका मुलुकले आफ्ना देशमा आउने बाहिरी कामदारका लागि खोप अनिवार्य गरेको छ। साथै खोप नलगाएका कामदारका लागि अनिवार्य दुई साता क्वारेन्टिन बस्नुपर्ने नियम लगाएको छ। सोही कारण नेपालबाट जाने कामदारको जाँदा लागेको लागत खर्चभन्दा झन्डै दोब्बर खर्च हुने गरेको छ। यद्यपि कामदारले खोप पाउनेरनपाउनेबारे टुंगो स्वास्थ्य मन्त्रालयले गर्नेछ। एकपटक धेरै पेशाकर्मीबाट खोपका लागि निवेदन आएकाले मन्त्रालयलाई पनि सोबारे निर्णय गर्न गाह्रो भएको हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स