24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

९ हजार २१८ को परीक्षण गर्दा १ हजार ८३१ मा कोरोना पुष्टि ,२० जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हार २ सय १८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ८ सय ३१ जनामा कोरोना पुष्टि भएको हो ।

पिसिआर विधिबाट ५ हजार ५ सय ३५ नमुना परीक्षण गर्दा १ हजार २ सय ३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६ सय ८३ जनाको परीक्षण गर्दा ५ सय ९४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै यहि अवधिमा १ हजार ५ सय ३३ जना कोरोनाबाट निको भएका छन्। । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । ये सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स