26.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

बैतडीमा जीप दुर्घटना, तीन जनाको मृत्यु, ११ घाइते

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

बैतडी । बैतडीको सिगास गाउँपालिका– ३ बाट डडेलधुरातर्फ गइरहेको से १ ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा मृत्यु हुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही वर्षका मानसिंह साउद र ६४ वर्षीय रामसिंह धामी रहेका छन् । उनीहरु तीनैजनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार घाइते हुनेहरुमा सिगास– ३ का २९ वर्षीय करनसिंह धाँमी, ४५ वर्षीय दलवीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बासमती धामी, ४० वर्षीय शेरबहादुर धामी र २० वर्षीय रवीन्द्र धामी सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

जीपका चालक १९ वर्षीय खगेन्द्र साउद र जीप धनी ४४ वर्षीय हरिभान साउद भने फरार रहेका प्रहरीले जनाएको छ । सोह्र जना सवार जीप सडकबाट करीब ५० मिटर तल खसेको र दुर्घटनाका कारण खुल्न नसकेको छ प्रहरीले जनाएको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स