29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

विज्ञ टोलिको निष्कर्ष : मेलम्ची नदीमा एक घण्टाभित्र अस्वभाविक पानीको मात्रा देखियो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा आकस्मिक रूपमा आएको बाढीको कारण बुझ्न गएको अधिकारी र विज्ञहरूले माथिल्लो तटीय क्षेत्रमा ठूला पहिरोहरू गएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । शनिवार विपद् अधिकारीहरू सहित मौसमविद्, जलविद् र भूगर्भविद्हरू रहेको १० सदस्यीय टोली मेलम्ची बजार र चनौटेसम्म पुगेको थियो ।

त्यहाँभन्दा केही माथिको किउल भन्ने ठाउँसम्म नदी आसपासको भूभागमा समेत हवाई निरीक्षण गरिएको उक्त दलका सहभागीहरूले बताएका छन्। । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्राविधिक सहसचिव अमृत श्रेष्ठले पहिरोले नदी थुनेर पछि त्यो बाँध फुट्दा आकस्मिक बाढी आएको सुरुवाती सङ्केत देखिएको बताउँछन्। ।

मङ्गलवारको जलवायु विवरण केलाउँदा समेत नाकोटे भन्ने ठाउँमा रहेको नदीमापन केन्द्रमा जलसतह ४.७ मिटरबाट तीन मिटरमा खसेको देखिएको प्राधिकरणका अधिकारीहरू बताउँछन्। । त्यसपछि एक्कासि छ मिटर देखाएर उक्त मापन उपकरण नदीले बगाएर हराएको देखिएको बताइएको छ । तथ्याङ्कले बीचमा एक घण्टा जति पानी घटेको र पछि ह्वात्तै बढेको देखाएको छ । त्यो सहज अवस्थामा वर्षाको बेला नहुने प्रवृत्ति हो । जसको अर्थ बीचमा केही बेर कतै नदी थुनिएको भन्ने सङ्केत हो ।

चनौटे र मेलम्चीजस्ता ठाउँमा लेदो माटो र ढुङ्गाको मात्र उच्च रूपमा थुप्रिनुले समेत त्यसको स्रोत माथि भइरहेको भूक्षय नै हुनुपर्ने विज्ञहरू बताउँछन्। । माथिपट्टि भएको हुनसक्ने भूक्षयले जम्मा पारेकै थिग्र्यान बगेर आउँदा तीनदेखि झन्डै १० मिटरसम्म खोलाको सतहमा ढुङ्गा(माटो पुरिएको पाइएको दलका विज्ञहरूले बताएका छन्। ।
२०७२ सालको भूकम्पपछि उच्च गतिमा चलायमान भएको सो क्षेत्रमा गुगल नक्साबाट मूल्याङ्कन गर्दा माथिल्लो तटीय क्षेत्रमा पहिरोको सम्भावित ठाउँहरू समेत देखिने विपद् अधिकारीहरू बताउँछन्। । तिनै उच्च मात्राका थिग्र्यानका कारण मेलम्ची र इन्द्रावती नदीले आफ्नो नियमित लय समात्न सङ्घर्ष गरिरहेको र त्यसले आसपासका बस्तीलाई अझै जोखिममा पारेको विवरणहरू आएका छन्। । तर वास्तविक स्रोतको पहिचान अझै हुन नसक्दा त्यसले नै पूर्ण रूपमा काम गरिहाल्छ भन्ने सुनिश्चितता नरहेको अधिकारीहरूको भनाइ छ ।

भूउपग्रहबाट प्राप्त विवरणको मूल्याङ्कन गरेर मोटामोटी रूपमा परेको पानीको मात्र हेर्दा धेरै पानी परेको देखिँदैन । हिमताल फुटेर त्यस्तो भएको हो कि भन्नलाई माथिपट्टि ठूलो हिमताल भएको प्रमाण पनि देखिँदैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स