24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बिना निष्कर्ष टुंगियो संवैधानिक परिषद्को बैठक

काठमाडौं- संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताउनुभयो । उहाँले अर्को बैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि बताउनुभयो ।

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पनि बैठकमा कुनै निर्णय नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भयो र बैठक स्थगित भयो ।’’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरु भएको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवम् रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनहुन्थ्यो ।

वैशाख ४ गते नेकपा (एमाले) अध्यक्ष ओलीको निजी निवास बालकोटमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स