29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पाल्पा दरबार परिसरका ५७ वटा टहरा भत्काउन सुरु

पाल्पा । पाल्पा सदरमुकाम तानसेनस्थित दरबार परिसरका ५७ वटा टहरा भत्काउन सुरु भएको छ । तानसेन नगरपालिकाले पाल्पा दरबारलाई विश्व सम्पदा सुचीमा समावेस गर्नका लागि टहरा भत्काउन सुरु गरेको हो ।

यसअघि नगर कार्यपालिकाले उक्त क्षेत्रका ५७ वटा घर टहरा भत्काउने निर्णय गरेर ३५ निदको म्याद दिएको थियो । सोहीअनुसार आजदेखि टहरा भत्काउन सुरु गरेको स्थानीय सरकारले जनाएको छ । पुरातत्व विभागले माघ १० गते तानसेन नगरपालिकालाई पत्र लेख्दै तानसेन नगर विकासका लागि संरचनाहरु हटाउन सहजिकरणको अनुरोध गरेको थियो ।

सोही आधारमा संरचना हटाएर पाल्पा दरबारलाई राष्ट्रिय सम्पदा सूचीमा समावेश गर्नका लागि बिहान ७ बजेदेखि संरचना हटाउन सुरु तानसेन नगपालिकाका प्रवक्ता यादव सिं कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स