23.1 C
Kathmandu
Monday, June 17, 2024
spot_img

वैशाख १८ गतेदेखि तातोपानी नाका पूर्णरूपमा सञ्चालन हुने

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

सिन्धुपाल्चोक । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि नेपाल–चीनका प्रतिनिधिहरुविच अन्तर सिमाना सुरक्षा बैठक सोमबार सम्पन्न भएको छ । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका विषयमा बैठक केन्द्रित रहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।

वैशाख १८ गतेदेखि तातोपानी नाका पूर्णरूपमा सञ्चालन हुने सन्दर्भमा बैठक भएको उहाँले बताउनुभयो । नाका सञ्चालनका लागि कोभिड प्रोटोकल पालना, सामान चेकजाँच क्वारेनटाइन सञ्चालन, सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सुरक्षासँग सम्बन्धित सूचना आदानप्रदान, नाका सञ्चालनका लागि आ–आफ्नो पक्षबाट भइरहेको तयारीबारे जानकारी, दुई देशबिचको समन्वय अझै प्रभावकारी बनाउने लगायतका विषयमा बैठकमा बृहत् छलफल भएको सिडिओ न्यौपानेले गोरखापत्रलाई बताउनुभएको छ ।

बैठकमा सिन्धुपाल्चोकका प्रजिअ न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणा, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सुदीप अधिकारी, अध्यागमन, भन्सार कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, प्रतिनिधि र चीनका तर्फबाट चिफ अफिसर अफ न्यालम पिपुल गभरमेन्ट मिसेस झौ म जी, डाइरेक्टर अफ न्यालम एडमिनिस्टरटीभ कमिटी मिस्टर सी पेइ लगायतका सरकारी निकायका प्रमुख र प्रतिनिधि बैठकमा सहभागी थिए ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स