22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

मुलुकभर थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको १३ हजार ३ सय ७७ पीसीआर परीक्षणका क्रममा ५ हजार ५९८ जनामा कोरोना पुष्टि भएको छ, भने ४ हजार ६० एन्टिजेन परीक्षणका क्रममा ८ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ४ सय १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २१ हजार ६ सय ९९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ७७ हजार ४० सक्रिय संक्रमित आइसोलेशन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो संक्रमणको अवस्था अनुसार ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स