29 C
Kathmandu
Friday, August 15, 2025
spot_img

कोरोनाविरुद्ध खोपको अतिरिक्त मात्रा बुधबारबाट दिइने

काठमाडौं। सरकारले कोरोनाभाइरस विरुद्धको अतिरिक्त मात्रा खोप बुधबारबाट दिने भएको छ । मंगलबार बैठक बसेर छलफल गरेपछि बुधबारबाट अतिरिक्त मात्रा खोप दिने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताउनुभयो ।

‘कोभिड–१९ खोप अभियान व्यवस्थापन तथा अनुगमन समितिको बैठक आज बस्दै छ,’ उहाँले भन्नुभयो, ‘बैठक बसेर आवश्यक तयारी पूरा गरेपछि भोलिबाट खोप दिने योजना बनाएका छौँ ।’ बैठकपछि सबै पालिकाहरुलाई अतिरिक्त खोप लगाउन आजै पत्रचार गर्ने काफ्लेले जानकरी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिम समूहमा रहेका व्यक्तिलाई पूर्ण खोप लगाएको भएपनि भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै थप मात्रा खोप मात्रा दिने निर्णय गरेको हो । अतिरिक्त खोप पहिले जुन खोप लगाइएको हो सोही खोप नै दिइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसलाई बुस्टर डोज नभई रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरुलाई दिन लागिएको थप खोप भएको जानकारी दिएको छ ।

सरकारले दिन लागेको मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु सक्रिय क्यान्सरका बिरामी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषिध सेवन गरिरहेका बिरामी पाउने मन्त्रालले जनाएको छ ।

यसका साथै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षमाथिका सबै व्यक्तिले पनि सरकारले दिन लागेको अतिरिक्त खोप पाउने मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार थप खोप लगाउनका लागि पहिले खोप लगाएको तीन महिना पुगेको हुनुपर्नेछ । खोप लगाउनका लागि आफूले पहिले खोप लगाएको कार्ड लिएर आफ्नो नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न काफ्लले आग्रह गनुभएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स