काठकाडौ । गोकर्णेश्वर नगरपालिकाको नगर सभाको १३ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको पहिलो बैठककमा आ.ब. २0८१/८२ को बार्षिक नीति कार्यक्रम प्रस्तुत गरिएको छ । नगर प्रमुख दिपक कुमार रिसालले आ.ब. २0८१/८२ को बार्षिक नीति तथा कार्यक्रम नगरसभा समक्ष प्रस्तुत गर्नुभएको थियो । शिक्षा, स्वास्थ्य, पूर्बाधार विकास, सामाजिक विकास, आर्थिक विकास, खानेपानी, सरसफाई, वातावरण, विपद् व्यवस्थापन, पर्यटन प्रवद्र्धन, कृषि, सेवा प्रवाह, सम्पदा तथा संस्कृति संरक्षण लगायतका बिषयलाई उच्च प्राथमिकतामा राखि यस आ.व. २0८१/८२ को निति ताथ कार्यक्रम प्रस्तुत गरिएको छ ।
१३ औं नगर सभामा नगर प्रमुख दिपक रिसालले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा दीर्घकालिन विकासका लागि विभिन्न योजना तथा कार्यक्रमलाई समेटिएको छ । नगरमा भएका सबै सडक पक्की बनाउने , मोटरेवल पवुल निर्माण गर्ने अपांगमैत्रि फुटपाथ निमौण गर्ने, एक घर एक धाराको निति पुरा गर्ने, सिसिटिभि क्यामेरा जडान गर्ने, सार्वजनिम सम्पतिको सुं्रक्षण गर्ने लगायत सुरक्षित एवं सुव्यवस्थित सहर निर्माणका लागि योजनाबद्ध सहरिकरण गर्ने नीति अगाडि सारिएको छ ।
नगर प्रमुखले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमले सुरक्षित एवं सुव्यवस्थित सहर निर्माणका लागि योजनाबद्ध सहरिकरण गर्ने नीति अंगिकार गर्ने भएको छ । योजनाबद्ध सहरिकरणको नीति नगरपालिकाले सुधार गर्नुपर्ने क्षेत्रको रुपमा समेटिएको छ । प्रशासनिक भवन निर्माण कार्य प्रारम्भ गोकर्णेश्वर नगरपालिका वडा नं ६ जोरपाटी चोक स्थित जग्गामा आवश्यक खरिद प्रकृया अवलम्बन गरी नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य प्रारम्भ गर्ने कार्य यस पटकको नीति तथा कार्यक्रममा पूर्वाधार तथा शहरी विकास सम्बन्धी नीतिमा पहिलो बुँदामा राखिएको छ ।
नगर अस्पताल निर्माण उच्च प्राथमिकतामागोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित जग्गामा निर्माण शुरु भएको गोकर्णेश्वर नगरअस्पतालको निर्माण कार्य उच्च प्राथमिकताका दिएको छ । बहुवर्षीय योजनामा माईतिनेपाल–पाखाथोक–नयाँपाटी सडकमाईतिनेपाल पाखाथोक हुँदै नयाँपाटी जोड्ने सडक बहुवर्षीय योजना अन्तर्गत राखी क्रमश निर्माण गरिनेछ ।
बहुवर्षीय योजनामा ओखेनी, मुलखर्क र कुनेको सडक ढलानवडा नं १ को ओखेनी, मुलखर्क र कुनेको बाटोलाई बहुबर्षिय योजनामा राखी ढलान गर्दै लगिने, माकलवारीमा मोटरेबल पुल निर्माणगोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलवारीमा निर्माणाधिन मोटरेवल पुललाई निरन्तरता दिई यसै आ.व.मा निर्माणकार्य सम्पन्न गर्नका लागि यथोचित श्रोतको सुनिश्चिता गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
एक घर एक धाराको अभियान पुरा गर्नेगोकर्णेश्वर नगरपालिका वडा नं १,२ र ३ माथिल्लो क्षेत्रलाई शिवपुरी राष्ट्रिय निकुञ्जबाट आउने पानीको श्रोतको समुचित उपयोग मार्फत खानेपानीको व्यवस्था गरी एक घर एक धाराको अभियान पुरा गर्ने प्रतिबद्धता, ९ वटै वडामा खानेपानीको व्यवस्था गोकर्णेश्वर नगरपालिका वडा नं १,२,३ को तल्लो क्षेत्र र वडा नं ४ लाई सुन्दरीजलको पानी र वडा नं ५ देखि ९ सम्मको क्षेत्रलाई मेलम्ची खानेपानीको व्यवस्थाको लागि पि।आई।डि। सँग सम्झौता गरि खानेपानीको व्यवस्था मिलाईने लक्ष्य नीति तथा कार्यक्रममा राखिएको छ ।
सार्वजनिक गरिएको नीति तथा कार्यक्रम नगरबासीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखि स्वास्थ्य विमा, निःशुल्क उपचार, घर दैलोमा स्वास्थ्य सेवा र बिशेषज्ञ सेवा नगरपालिकाको प्राथमिकताको क्षेत्रमा रहेकोले स्वास्थ्य सेवा प्रति नागरिकहरुको विश्वसनियता अभिवृद्धि भएको महशुस भएको भन्दै त्यसलाई निरन्तरता दिएको छ ।
ज्येष्ठ नागरिकलाई उपचारमा छुटनगरपालिकामा स्थायी ठेगाना भई नागरिकता वा मतदाता परिचयपत्र भएका ६५ वर्ष देखि माथिका स्थायी नगरबासीहरुलाई अर्थोपेडिक अस्पताल र शंकरापुर अस्पतालमा उपचार गराउदा रु एक लाख सम्ममा ७० प्रतिशत र ६५ बर्ष भन्दा मुनिका स्थायी नगरबासीहरुलाई ६० प्रतिशत छुटमा उपचार सेवा उपलब्ध हुने गरी व्यवस्था गरिनेछ । साथै ३ वटा अस्पतालसँग स्वास्थ्य विमा गर्न संझौता गरेको छ ।
महिलालाई निःशुल्क उपचारको व्यवस्थाआम्दा नेपाल, गृहिणी महिला संघ नेपाल र गोकर्णेश्वर नगरपालिकाको संयुक्त आयोजनामा स्तन क्यान्सर र पाठेघर क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाईने, नर्सिङ अध्ययनमा ५० प्रतिशत छुट“नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रम” संचालन गरी एऋी नर्सिङ्ग पढनेलाई ५० प्रतिशत छात्रवृति उपलब्ध गराईनेछ ।
कृषि यान्त्रीकरणमा ५०५ साझेदारी५०५ लागत साझेदारीमा कृषि यान्त्रीकरण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
सिपमूलक तथा रोजगारमूलक तालिममहिला, दलित, विपन्न र अपाङ्गता भएका व्यक्तिहरु लगायत लक्षित वर्गका लागि सशक्तिकरणका लागि सिपमूलक तथा रोजगारमूलक तालिमहरु उपलब्ध गराईनेछ ।
कृषिको उत्पादन वृद्धि गर्न आधुनिक च्याउ खेति प्रविधि भित्रयाउने, पशुपालक किसानलाई अनुदान, सहुलियत ?पमा कृषि सामग्री मल तथा वियविजा वितरण गर्ने लगायत विभिन्न किसानमुखि योजना अगाडि सारिएको छ भने सरसफाइमा पनि जोड दिइएको छ । यो संगै कला संस्र्कति जगेर्ना गर्ने, पर्यटन प्रबद्र्धनमा जोड दिने निति अगाडि सारिएको छ ।
साथै जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास, श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्बन गर्न नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको छ । भौतिक पूर्वाधार विकास, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन, न्याय निरुपण, गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, उद्यमशिलता विकास, कृषिको उत्पादन वृद्धि, भाषा कला साहित्य संस्कृतिको संरक्षण, पर्यटन पर्वद्धन, सामाजिक सशक्तिकरण तथा रोजगारमूलक तालिम लगाएतका विषयलाई केन्द्रबिन्दुमा राखि नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ । साथै परम्परागत मदिरालाई ब्रान्डिङ्गसंघिय सरकारको नीति अनुरुप परम्परागत मदिरालाई ब्रान्डिङ्ग गरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गरिनेछ ।
यसैगरी नगरपालिकाले सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना र प्रविधिको उच्चतम प्रयोगलाई अनिवार्य मान्दै स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरण विकास गरी गोकर्णेश्वर नगरपालिकालाई बस्न योग्य सहर बनाउने ध्येय रहेकोमा जोड दिएको छ ।विपन्न तथा असहालाई निःशुल्क कानूनी सेवाविपन्न तथा असहाय नागरिकहरुलाई आवश्यक कानूनी सेवा निशुल्क प्रदान गरिने छ । हेल्पडेस्क स्थापनागोकर्णेश्वर नगरपालिकाबाट उपलब्ध हुने सेवा सुविधामा सेवाग्राहीको सरल र सहज पहुँच कायम गर्न हेल्पडेस्क स्थापना गरिने उल्लेख गरिएको छ ।
विकास निर्माणमा जनतामुखि काम गर्दै आइरहेको गाोकर्णेश्वर नगरपालिकाको १३ औँ नगरसभामा सांसद जनप्रतिनिधि, कर्मचारि, विभिन्न राजनितिक दल लगायत आम नगरबासिको उल्लेख्य उपस्थीति रहेको थियो ।