29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारि

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलको नेता राजेन्द्र राई प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्दैछन्। मुख्यमन्त्री भीम आचार्यले सोमबार दिउँसो राजीनामा दिएपछि मुख्यमन्त्रीमा राईको बाटो खुलेको हो।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मंगलबार दिउँसो १ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेलगत्तै पाँच दलीय गठबन्धनले सोमबार ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। एमाले विभाजनपछि एकीकृत समाजवादी रोजेका राई पाँच दलीय गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका हुन्।

उनी तत्कालीन नेकपा एमालेबाट भोजपुर निर्वाचन क्षेत्र नम्बर १ ९१० बाट निर्वाचित भएका थिए। तर‚ गत भदौमा एमाले विभाजन भएपछि उनले एकीकृत समाजवादी रोजे। उनी प्रदेश १ को एकीकृत समाजवादीका संसदीय दलका नेता हुन्।

राजेन्द्र राई २०२७ सालमा षडानन्द नगरपालिका १० सुर्केमा जन्मिएका हुन्। उनी नरेन्द्रबहादुर र धनकुमारीका चार सन्तानमध्ये कान्छो सन्तान हुन्। राईले २०६० सालमा शोभा पाठकसँग अन्तरजातीय विवाह गरेका हुन्। उनी विद्यालयमा नेकपा एमाले निकट अनेरास्ववियुको प्रारम्भिक कमिटी सचिवबाट राजनितिक जीवन सुरु गरेका हुन्। समाजमा भएका असमानता, विभेदको अन्त्यका लागि लड्न कक्षा ८ मा अध्ययन गर्दादेखि अनेरास्ववियुमा संगठित भएको बताउने उनी परिवर्तनका विभिन्न अभियान र आन्दोलनहरुमा सक्रिय सहभागी हुँदै आएका छन्।

राई अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटी, बागमती अञ्चल सदस्य हुँदै केन्द्रीय प्रचार विभागको प्रमुख भए। अनेरास्ववियुको सचिव, महासचिव हुँदै दुई पटक अध्यक्षको (२०५७–०५९) र (२०५९–०६०) जिम्मेवारी निर्वाह गरेका छन्।

उनले २० वर्ष विद्यार्थी संगठनमा रहेर काम गरे। काठमाडौंस्थित रात्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति समेत बेनका राईले विद्यार्थी संगठन छोडेर एमाले काठमाडौं जिल्ला कमिटीबाट पार्टी राजनीति यात्रा सुरू गरेका हुन्। एमालेको आठौं महाधिवेशन र नवौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी एमाले विभाजन भएसँगै एकीकृत समाजवादीको केन्द्रीय सचिव रहेका छन्। उनले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहाकारको जिम्मेवारी समेत निर्वाह गरेका छन्।

राई पञ्चायतकालमा सात महिना केन्द्रीय कागारमा जेल जीवन बिताएका छन्। तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनका कालमा चार महिना प्रहरी तालिम केन्द्र महाराजगञ्जमा थुनिएका थिए। २०६० मा भोजपुर घरैबाट तत्कालीन नेकपा माओवादीले अपहरण गरेर लगेका उनलाई एक साता बन्दी बनाइएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स