25.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

जमूनाह नाकाबाट भारत जानेको सङ्ख्या बढ्यो

बाँके । नेपालगञ्ज भएर कामको खोजीमा भारत जाने नेपालीको सङ्ख्या पछिल्लो समय ह्वात्तै बढेको छ । यसरी जानेमा पिठ्युँमा बालबालिका बोकेका महिलासमेत छन् ।

धान रोपाइँ सकिएपछि कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट नेपालीहरु कामका लागि भारत जाने गरेका हुन् । कतिपय नेपालीहरु नेपालगञ्जबाट भारतका विभिन्न सहरमा सञ्चालनमा रहेका यात्रुवाहक बसमार्फत पनि भारत जानेगरेका छन् ।

सुर्खेत सिम्ताका रामबहादुर थापाले विगत १२ वर्षदेखि भारतको गुजरातमा होटल मजदुरको रुपमा काम गर्दैआएको बताउनुभयो । नेपालगञ्ज भन्सार कार्यालय नजिकैं भेटिएका थापाले भन्नुभयो, ‘वैशाखमा घर आएको थिएँ, अहिले फेरि कामका लागि साथीभाइसहित पुरानै ठाउँमा जान लागेका छौं ।’

पछिल्लो समय सीमानाकामा कडाइ गरिएपछि दैनिक किनमेलका लागि भारत जानेको सङ्ख्या घटेको भए पनि कामका लागि भारत जानेको सङ्ख्या भने बढेको इलाका प्रहरी कार्यालय जमूनाहले जनाएको छ । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक दामु पुनले असार अन्त्यदेखि नै सीमानाका भएर भारत जानेहरुको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो ।

नेपालीहरु समूह–समूहमा र एक्लाएक्लै पनि नाका भएर भारततर्फ जानेगरेको प्रहरीले जनाएको छ । जमूनाह प्रहरीको तथ्याङ्कअनुसार करिब तीन सयको हाराहारीमा नेपाली भारततर्फ दैनिक रुपमा जानेगरेको पाइएको छ । नेपाली यहाँ चाडपर्व मानेर तथा कामकाज सकेर मौसमी रोजगारीका लागि भारतका विभिन्न सहरमा जाने प्रचलन छ । दशैं, तिहारको समयमा स्वदेश फर्किने नेपालीको सङ्ख्या अधिक हुने गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स