23.6 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

काठमाडौं उपत्यकामा बन्दको प्रभाव न्यून

काठमाडौं । एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ ।

सवारी साधनहरु बिहानैदेखि निर्वाध चलिरहेका छन् । बजार पसल पनि खुल्ला छन् । ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको अघिल्ला दिनहरुको तुलनामा केही कम रहे पनि अवस्था सामान्य रहेको जनाएको छ ।

बन्दको पूर्वसन्ध्यामा गृह मन्त्रालयले कानुन विपरीतका गतिविधि हुन नदिन सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स