काठमाडौं । पछिल्लो २४ घण्टामा ११२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै हाल नेपालमा २७ हजार ४४१ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।
यस्तै कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २१५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ३२ हजार ८२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर २० हजार ९८९ जनाको परीक्षण हुँदा हालसम्म कुल ६३ लाख ४० हजार ६६५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७८ पुगेको छ ।